हंस सहकारीको लोगोहंस बहुउद्देश्यीय सहकारी संस्था लि.Hans Multipurpose Co-operative Society Ltd.
सूचना
“हंससँग विद्यार्थी” — माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता२०८३/०७/११प्रशिक्षक (Trainer) आवश्यकता सम्बन्धी सूचना२०८३/०७/१३हंस सहकारीको आधिकारिक वेबसाइट hans.coop.np र कर्मचारी व्यवस्थापन प्रणाली HANS One सार्वजनिक२०८३ कार्तिक १५हंस सहकारीद्वारा विद्यार्थीलाई बाल बचत प्रशिक्षण र निबन्ध प्रतियोगिता२०८३ कार्तिक १५बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,२३,४५६ सहयोग२०८३ भदौ १६आ.व. २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी२०८३ भदौ ५–६
गृहपृष्ठ › समाचार › प्रतियोगिता

हंस सहकारीद्वारा विद्यार्थीलाई बाल बचत प्रशिक्षण र निबन्ध प्रतियोगिता

२०८३ कार्तिक १५

हंस सहकारीद्वारा विद्यार्थीलाई बाल बचत प्रशिक्षण र निबन्ध प्रतियोगिता
🆕 नयाँप्रतियोगिता२०८३ कार्तिक १५

२० विद्यालयका ३४ विद्यार्थी सहभागी, विजेतालाई वार्षिकोत्सवमा पुरस्कार

मुख्य बुँदा

  • २० विद्यालय, कक्षा ९–१२ का ३४ विद्यार्थी सहभागी
  • शीर्षक: “सहकारीमा युवाहरूको पहुँच”
  • बचत, सहकारी, ऋणको सही प्रयोग, मोबाइल बैंकिङ र डिजिटल सुरक्षाबारे प्रशिक्षण
  • नतिजा उत्तरपुस्तिका परीक्षणपछि, पुरस्कार वार्षिकोत्सवमा

भरतपुर, कार्तिक १५। हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम “हंससँग विद्यार्थी” अन्तर्गत आइतबार माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ। भरतपुर–१६, विजयनगरस्थित चारपाते युवा क्लबको सभाहलमा “सहकारीमा युवाहरूको पहुँच” शीर्षकमा भएको प्रतियोगितामा २० विद्यालयका कक्षा ९ देखि १२ सम्मका ३४ विद्यार्थी सहभागी थिए। कार्यक्रमको अवसरमा संस्थाले सम्पूर्ण सदस्य, शुभचिन्तक, विद्यार्थी तथा अभिभावकमा शुभ दीपावली, छठ तथा नेपाल सम्बत् ११४७ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।

प्रतियोगिताअघि सहभागी विद्यार्थीलाई बाल बचत तथा वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा बचतको महत्त्व, सानो बचतले लामो समयमा पार्ने प्रभाव, सहकारीको आधारभूत अवधारणा, ऋणको सही प्रयोग, मोबाइल बैंकिङ तथा डिजिटल सुरक्षाबारे जानकारी दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले सहकारी अभियानलाई दिगो बनाउन युवा र विद्यार्थीको सहभागिता अपरिहार्य रहेको बताउनुभयो। सानै उमेरदेखि बचतको बानी बसाल्दा व्यक्ति, परिवार र समुदाय तीनैको आर्थिक आधार बलियो हुने उहाँको भनाइ थियो। संस्थाले विद्यार्थीलक्षित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

प्रशिक्षक तथा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले थोरै रकम पनि नियमित र चाँडो बचत गर्न थाले लामो समयमा ठूलो पुँजी बन्ने उदाहरणसहित प्रस्ट्याउनुभयो। आवश्यकता र चाहना छुट्याएर खर्च गर्न, जङ्क फुड तथा अनावश्यक खर्च घटाउन र मोबाइल बैंकिङ प्रयोग गर्दा PIN र OTP गोप्य राख्न उहाँले आग्रह गर्नुभयो। कृत्रिम बुद्धिमत्ता (AI) लगायतका नयाँ प्रविधि सिकाइका लागि प्रयोग गर्नुपर्ने र तिनको दुरुपयोग कानुनी रूपमा दण्डनीय हुने उहाँले स्पष्ट पार्नुभयो।

स्वागत मन्तव्य राख्दै शिक्षा उपसमितिका सदस्य नेत्रबन्धु पोखरेलले विद्यार्थीमा सहकारीप्रतिको बुझाइ र वित्तीय साक्षरता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। लेखा सुपरिवेक्षण समितिका सदस्य हरि लामिछानेले संस्थाजस्तै विद्यार्थीले पनि आफ्नो आम्दानी र खर्चको हिसाब राख्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो।

विजयनगर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक ध्रुब कुमार ओझाले स्थानीय विद्यालय र सहकारीबीचको सहकार्यले समुदायको आर्थिक चेतना बढाउने बताउनुभयो। सञ्चालक समितिकी सदस्य अनिता मैनालीले बालिका तथा महिलाको आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सहभागी विद्यार्थीलाई शुभकामना दिनुभयो।

विद्यालयको तर्फबाट नारायणी विद्या मन्दिरका शिक्षक श्रीनिवास पौडेलले यस्ता प्रतियोगिताले विद्यार्थीको लेखन सीप र सिर्जनशीलता बढाउने तथा पाठ्यक्रमबाहिरको व्यावहारिक वित्तीय ज्ञान दिने बताउनुभयो। विद्यार्थीको तर्फबाट बोल्दै गुरुकुल बोर्डिङ स्कुलकी नाजमा खातुनले प्रशिक्षणबाट बचत र डिजिटल सुरक्षाबारे नयाँ कुरा सिक्न पाएको र आजैदेखि बचत सुरु गर्ने अठोट गरेको बताउनुभयो।

कार्यक्रमका अध्यक्ष तथा सञ्चालक समिति सदस्य एवम् शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकप्रति आभार व्यक्त गर्नुभयो। शिक्षा उपसमितिमार्फत आगामी दिनमा विद्यार्थीलक्षित कार्यक्रम अझ विस्तार गरिने उहाँले बताउनुभयो।

कार्यक्रममा विजयनगर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य गकुल काप्री, पूर्वसदस्यहरू बिष्णु भट्ट, इश्वरी अधिकारी र शंकर अधिकारीलगायत विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरूको उपस्थिति थियो।

प्रतियोगिताको नतिजा उत्तरपुस्तिका परीक्षणपछि सार्वजनिक गरिनेछ। विजेताहरूलाई संस्थाको वार्षिकोत्सवको विशेष अवसरमा पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रथम हुनेलाई नगद रु. ४,०००, द्वितीयलाई रु. ३,०००, तृतीयलाई रु. २,००० र चतुर्थ (सान्त्वना) हुनेलाई रु. १,००० का साथै सबै विजेतालाई एक थान पुस्तक र प्रमाणपत्र प्रदान गरिनेछ।

औपचारिक कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य बिदुर केसीले गर्नुभएको थियो।

वि.सं. २०५६ सालमा स्थापित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय नारायणगढ, चितवनमा छ भने टाँडी, विजयनगर र जीतपुरमा सेवाकेन्द्र सञ्चालनमा छन्। आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संस्थामा ५,६०८ सेयर सदस्य आबद्ध छन्। संस्थाको सेयर पुँजी रु. ९ करोड ५९ लाख, बचत संकलन रु. ६३ करोड ६५ लाख, कर्जा लगानी रु. ६० करोड ९७ लाख र कुल सम्पत्ति रु. ८९ करोड ७० लाख पुगेको छ।

🏆 पुरस्कार

प्रथमरु. ४,०००
द्वितीयरु. ३,०००
तृतीयरु. २,०००
चतुर्थ (सान्त्वना)रु. १,०००

🎁 सबै विजेतालाई एक थान पुस्तक र प्रमाणपत्र

शेयर गर्नुहोस्:f✉✆V𝕏

यस्तै अन्य समाचार

सबै समाचार →
प्रतियोगिता२०८३ वैशाख १५

नयाँ वर्ष २०८३ को अवसरमा सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता

नारायणगढको होटल गंगोत्रीमा सेयर सदस्यबीच सहकारी शिक्षा र समसामयिक विषयमा हाजिरीजवाफ प्रतियोगिता भयो। प्रधान कार्यालयको समूह प्रथम (रु. १०,०००) र विजयनगर सेवाकेन्द्रको समूह द्वितीय (रु. ६,०००) भयो।

पूरा पढ्नुहोस् →
प्रतियोगिता२०८२ वैशाख ५

पहिलो सेवाकेन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगिता

सदस्यमा सहकारी शिक्षा फैलाउने उद्देश्यले संस्थाका सेवाकेन्द्रबीच पहिलोपटक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरियो। यसैलाई निरन्तरता दिँदै २०८३ मा दोस्रो प्रतियोगिता भयो।

पूरा पढ्नुहोस् →
प्रतियोगिता२०८१ भदौ

अन्तर्राष्ट्रिय साक्षरता दिवसमा जिल्लास्तरीय निबन्ध प्रतियोगिता

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेतालाई क्रमशः रु. ५,०००, ३,०००, २,००० र १,००० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो।

पूरा पढ्नुहोस् →