परिचय
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०५६ चैत्र २० गते विधिवत् दर्ता भएको हो। २०६७ सालमा १५३ जना सेयर सदस्यको सहभागिता जुटाई संस्थालाई सक्रिय सञ्चालनमा ल्याइएको हो, र हाल सेयर सदस्य संख्या ५,४६५ पुगेको छ।
भरतपुर-१, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको यो संस्थाले चितवन जिल्लाभर टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रमार्फत बचत, कर्जा, विप्रेषण, मोबाइल बैंकिङ तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। जीतपुर र विजयनगर सेवाकेन्द्र संस्थाकै भवनबाट सञ्चालित छन्।
- दर्ता नं.
- २/१६३/(१४९) ०५६/५७
- दर्ता मिति
- २०५६ चैत्र २०
- स्थापना दिवस
- मंसिर २७
- कार्यक्षेत्र
- चितवन जिल्लाभर
- पान नं.
- ३०४४७४७५२
- सञ्चालक संख्या
- ११ जना (पुरुष ९, महिला २)
- कर्मचारी संख्या
- २४ जना (पुरुष ७, महिला १७)
- लेखापरीक्षण
- आ.व. २०८१/८२ — ए. भण्डारी एसोसिएट्स्, चार्टर्ड एकाउन्टेन्ट
परिकल्पना, ध्येय र उद्देश्य
परिकल्पना
“दिगो तथा उत्कृष्ट संस्था, व्यावसायिक एवम् समृद्ध सदस्य”
ध्येय
सहकारी सिद्धान्तमा आधारित प्रविधियुक्त माध्यमबाट वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरी सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्ने।
मुख्य उद्देश्य
- सदस्यमा मितव्ययिताको भावना जगाई नियमित बचत र आवश्यक परेको समयमा ऋण लिने बानीको विकास गराउने
- सदस्यको आयआर्जन क्षमता पहिचान गरी उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने
- सदस्यलाई विप्रेषण सेवा प्रदान गर्ने
- संस्था र सदस्यको विकासका लागि आयआर्जनमूलक परियोजना सञ्चालन गर्ने
- सामाजिक एवं सामुदायिक विकासमा जोड दिने
अध्यक्षको सन्देश

२०५६ सालमा विधिवत दर्ता भएको यस संस्थालाई २०६७ सालमा १५३ जना सेयर सदस्यको सहभागिता जुटाई सक्रिय सञ्चालनमा ल्याइएको हो। आज सेयर सदस्य संख्या ५,४६५ पुगेको छ।
सेयर सदस्यहरूको क्षमता अभिवृद्धि तथा सहकारी सचेतनाका लागि संस्थाले निरन्तर तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। बाढी, भूकम्प, महामारी, आगलागी जस्ता विपद्मा सहयोग, विद्यार्थी तथा विपन्न वर्गलाई स्टेशनरी र लत्ताकपडा वितरण, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममार्फत मानव सेवामा पनि संस्था निरन्तर लागेको छ।
संस्थालाई यो उचाइसम्म ल्याउन सञ्चालक समिति, लेखा समिति, उपसमितिहरू, कर्मचारी तथा सम्पूर्ण सेयर सदस्यहरूको निरन्तर साथ–सहयोग प्रमुख आधार बनेको छ। आगामी दिनमा प्रविधिमैत्री सेवा, युवा–मैत्री कार्यक्रम र बहुव्यवसाय विस्तारमार्फत संस्थालाई अझ आधुनिक, दिगो र सदस्य–मैत्री बनाउँदै लैजानेछौँ।
दिनेश कुमार चुकेअध्यक्ष
२२औं वार्षिक साधारण सभामा प्रस्तुत अध्यक्षको प्रतिवेदनबाट
सम्मान तथा पुरस्कार
| मिति | विवरण |
|---|---|
| २०७१ कार्तिक १५ | नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा क्यान्सर जनसचेतना कार्यक्रमका लागि सम्मानित |
| २०७२ चैत्र २० | ५९औं राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ, चितवनबाट उत्कृष्ट सहकारी संस्था |
| — | ६१औं र ६२औं राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ, चितवनबाट प्रशंसापत्र |
| २०७६ पौष ३ | राष्ट्रिय सहकारी बैंकको १६औं साधारण सभामा उत्कृष्ट सदस्य सम्मान |
| २०७९ असार १२ | भरतपुर महानगरपालिकाको ११औं नगरसभामा उत्कृष्ट करदाता सम्मान |
संस्थागत आबद्धता
- संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, बागमती प्रदेश सरकार
- बागमती प्रदेश सहकारी संघ लि.
- जिल्ला सहकारी संघ, चितवन
- जिल्ला बहुउद्देश्यीय सहकारी संघ, चितवन
- राष्ट्रिय सहकारी बैंक लि.
- आन्तरिक राजस्व कार्यालय, भरतपुर
- भरतपुर महानगरपालिकाको कार्यालय, चितवन
हंसमा नै सदस्य किन?
- नीति, विधि र प्रविधि अनुसार सञ्चालित संस्था
- ४ वटा कार्यालयमध्ये २ वटा आफ्नै भवनबाट सेवा
- स्थानीय प्रतिष्ठित सञ्चालक र दक्ष, अनुभवी कर्मचारीबाट सञ्चालित
- बलियो संस्थागत पूँजीकोष
- प्रशस्त बचत तथा कर्जाका उत्पादन — कारोबार सहज र सरल
- सार्वजनिक बिदाको दिनमा समेत सेवा (३६५ दिनमध्ये ३५२ दिन) र सन्ध्याकालीन सेवा
- नवीनतम प्रविधिबाट छिटो छरितो सेवा
- बालबालिकादेखि ज्येष्ठ सदस्यसम्मका लागि कार्यक्रम
- उत्कृष्ट सहकारी संस्थाको सम्मान र प्रशंसापत्र प्राप्त
- सदस्यलाई विभिन्न अस्पताल तथा व्यावसायिक फर्ममा छुटको व्यवस्था
