
२२औं राष्ट्रिय धान दिवसको अवसरमा संस्कृति जोगाउँदै सदस्यसँग नजिकको सम्बन्ध राख्न दही–चिउरा खाने कार्यक्रम गरियो।
अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा संस्थाको कार्यालयमा होली मिलन कार्यक्रम भयो। चुनावी माहोल र स्थानीय प्रशासनको आग्रहलाई ध्यानमा राखी यसपटक कार्यालयभित्रै सामान्य रूपमा होली मनाइयो। कार्यक्रममा जीतपुरमा सुरु गरिएको तरकारी खेतीको अवस्थाबारे पनि जानकारी दिइयो।
पूरा पढ्नुहोस् →आपसी सद्भाव, एकता र सहकार्य बढाउने उद्देश्यले विजयादशमीको शुभकामना आदान–प्रदान कार्यक्रम अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भयो। विशेष अतिथि संविधानसभा सदस्य गीता वाग्ले र भरतपुर महानगरपालिकाकी सहकारी अधिकृत रोजी केसीले सहकारी र स्थानीय सरकारबीच सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।
पूरा पढ्नुहोस् →नयाँ वर्षको अवसरमा सदस्यसँग शुभकामना आदान–प्रदान गरियो। संस्था खुला रहने दिन र बिदाका दिन कोडमार्कसहित देखिने २०८२ सालको भित्तेपात्रो पनि विमोचन गरियो।
पूरा पढ्नुहोस् →